समाचार

तुलसीपुरमा अस्थायी क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने तयारी

दाङ । दाङको तुलसीपुरमा अस्थायी क्रसर उद्योग सञ्चालनको अनुमति दिने विषयमा बहस सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उरहरी–जसपुर–ग्वारखोला सिँचाइ आयोजनाका लागि अस्थायी क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने वा नदिने विषयमा बहस चलेको हो । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको दुईवटा बैठक यो एजेन्डामा निष्कर्षविहीन बनेर टुंगिएको छ । गत २७ पुसमा...

बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौँ । ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्‍यो भने बालकुमारी माईको कसम खाऊ...

मकवानपुरमा अब मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

मकवानपुर । मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्डुल गर्नेहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना हुने भएको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) मकवानपुरको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई संक्रामक ऐन, २०२० बमोजिम सुरक्षाकर्मी मार्फत तत्काल जरिवाना गर्ने जनाइएको...

चौकीटोल –रातोमाटे बाइपास सडकमा प्रदेश सरकारको चासो

मकवानपुर। हेटौंडाको चौकीटोल –रातोमाटे बाइपास सडकमा वागमती प्रदेश सरकारको चासो बढेको छ । यो सडक निर्माण समयमानै नहुँदा हेटौंडाको बजार क्षेत्रमा सवारीको चाप निकै बढेको छ । बाइपास निर्माणका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले बजेट छुट्याएर काम सुरु गरिएको थियो । बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले वर्षेनी लगानी...

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा...

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ

काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याइ अपहरण लुटपाट गरेका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र...

टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो । आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको...

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ...

नर्स पनि नक्कली, काउन्सिलले थाल्यो कारबाही

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ । काउन्सिलले एक सूचना जारी गर्दै लाइसेन्स जारी भएको साढे सात वर्षपछि एकजना नर्स नक्कली भएको र कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र...

नालीमा फसेर गैंडाको मृत्‍यु

चितवन। चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको छ । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो । बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था...