मकवानपुरमा थप १ सय ६६ कोरोना संक्रमित, सबैभन्दा बढी हेटौंडाका

अखबार हब
२०७८ माघ १०, सोमबार १६:०१

मकवानपुर । मकवानपुरमा सोमबार थप १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ४ सय ९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९३ तथा एन्टिजेन विधिबाट ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १ सय ४० जना सङ्क्रमित थपिएका छन् । मनहरीमा ११ जना, थाहामा १२ जना र मकपानपुरगढीमा २ जना र बकैयाका १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार हेटौंडामा १ हजार २ सय ४४ जना, मनहरीमा २ सय ५ जना, मकवानपुरगढी एक सय जना, थाहा नगरमा ९३ जना, बकैंयामा ४० जना, भिमफेदीमा २० जना, कैलाशमा ६ जना, इन्द्रसरोबरमा ५ जना, बागमती र राक्सिराङमा २र२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमणमुक्त पनि भएका छन् । हालसम्म कूल १७ हजार १ सय ८१ जना सङ्क्रमितमध्ये १५ हजार ४ सय ३५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । कोरोना कारण हालसम्म १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*