गरीब प्रदेशका धनी मुख्यमन्त्री (सम्पत्ति विवरणसहित)

अखबार हब
२०७८ माघ १०, सोमबार १९:४४

काठमाडौँ । कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् ।

मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्ला र काठमाडौं गरी ३ घर, हुम्ला, बाँके र काठमाडौं गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण पेश गरेका छन् ।

मुख्यमन्त्री शाहीसँग ५६ तोला सुन रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शाही र वसन्ती शाहीका ७ बैंक खाता रहेका छन् ।

शाहीले चिलिमे, ज्योती विकास र कृषि विकास गरी ३ कम्पनीका शेयर समेत खरिद गरेका विवरणमा उल्लेख छ ।

हेर्नुहोस् मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण –

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*