समाचार
ढुङ्गेअड्डामा एक व्यक्ति मृत फेला
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार अन्दाजी २९/३० वर्षको पुरुष मृत अवस्थामा फेला परेका हुन्। अहिलेसम्म उनको नाम थर र ठेगाना भने खुलेको छैन। शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले शव उठाएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी...
कोरोनाको तेस्रो लहरमा ३४ को मृत्यु, ४ ले मात्र लगाएका थिए खोप
काठमाडौँ । कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । अन्य स्वास्थ्य संस्थामा समेत खोप...
मकवानपुरको चेपाङ बस्तीमा एकै दिन हजार बढीलाई खोप
मकवानपुर । मकवानपुरको चेपाङ बाहुल्य राक्सिराङ र कैलाश गाउँपालिकामा शुक्रबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियानको पहिलो दिनमै एक हजारभन्दा धेरैले खोप लगाएका छन् । राक्सिराङका ४ वडामा खटिएको स्वास्थ्यकर्मीको १० वटा टोलीले कुल ५ सय ८७ जनालाई खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । उनका अनुसार...
राँगाले हान्दा एक पुरुषको मृत्यु
धनगढी । कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–७ का ३५ वर्षीय अब्बार तेलीको राँगाले हान्दा ज्यान गएको हो। टीकापुर नगरपालिका–१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएका उनको राँगाले हानेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रबार राति घाँस हाल्न गएका...
मकवानपुरमा ओभरलोड बोक्ने ९७ टिपरलाई कारबाही
मकवानपुर । तोकिएकोभन्दा बढी लोड बोक्ने ९७ वटा टिपरलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्लाको विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै कारवाही गरेको हो । प्रहरीले हेटौंडा– ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा–१ स्थित...
फेरि स्थगित भयो भन्सार एजेन्टको लिखित परीक्षा
काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा फेरि स्थगित भएको छ। भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको जानकारी गराएको हो। कोभिड संक्रमणका कारण परीक्षा स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ। गत वर्ष चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरेको थियो। दरखास्त...
अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा,...
खोप पूरा गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा यथावत
काठमाडौं । सरकारले खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले बिहीबार नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरुद्धको खोपको...
शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा...
नारायणी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणको तेस्रो लहरमा यो नै पहिलो मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ...










