मास्क नलगाएर हिड्ने ५९ जनालाई मकवानपुर प्रशासनको कारबाही

अखबार हब
२०७८ माघ १०, सोमबार २०:१४

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाइ हिँड्ने ५९ जनालाई कारबाही गरेको छ ।

प्रशासनको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँ दरले जरिवाना गरिएको हो ।

प्रहरी र प्रशासन कार्यालयले मास्क नलगाएर हिँड्नेलाई एकसय रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो । बजार क्षेत्रमा मास्क वितरण गरेर जनचेतना जगाउनभन्दा पनि सर्वसाधरणलाई कारबाही गरेर कर उठाउन राज्य केन्द्रीत भएकोभन्दै सर्वत्र विरोध भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*