हेटौंडामा राष्ट्रियसभा निर्वाचन : ७० प्रतिशत मत खस्यो

अखबार हब
२०७८ माघ १२, बुधबार १४:०६

मकवानपुर । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको लागि बुधबार हेटौंडामा मतदान जारी छ। बिहान नौ बजेबाट सुरु भएको मतदानमा करिब ७० प्रतिशत मत खसिसखेको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष दुईसय चार जना र प्रदेशसभाका ९५ जना सदस्यले मतदान गरिसकेको कार्यालयले जनाएको छ। गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्। बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ।

हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय परिसरमा दिउँसो ३ बजेसम्म मतदान हुने र साँझ ७ बजेसम्म परिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए। स्वास्थ्य मापदण्ड पूरा गरी निर्वाचनको ब्यवस्थापन गरिएको श्रेष्ठले बताए।

निर्वाचनमा वागमती प्रदेशसभा सदस्य एकसय नौ जना र प्रदेशका १३ जिल्लाका एकसय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३७ गरी तीनसय ४६ मतदाता रहेका छन्। एक गाउँपालिका अध्यक्षले अख्तियारमा परेको मुद्धाका कारण मतदानमा सहभागी हुन नपाएका हुन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।

यसमा तपाइको मत

Your email address will not be published.


*