हेटौंडामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

अखबार हब
२०७८ माघ २, आईतवार १७:२७

मकवानपुर । हेटौंडामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा हेटौंडा ११ बस्ने ६९ वर्षका एक पुरुषको आइतबार विहान १ बजे निधन भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

कोरानाका कारण पछिल्लो समय मकवानपुरमा संक्रमितको संख्या बढ्दै गइरहेकोले स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो कार्य गर्न घिमिरेले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*