देशभर थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

अखबार हब
२०७८ पुष २९, बिहीबार १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आजसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । आज एकजनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*