समाचार
प्रधानमन्त्री देउवा आइसोलेशनमा, भोलि कोरोना परीक्षण गरिँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक...
बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
रुपन्देही । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको फत्तेपुरकी ३० वर्षीया चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । दुई दिनअघि सो गाँउपालिका बैजापुरकी लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । बिहिबार बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु...
ताप्दा जलेर घाइते महिलाको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो । पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो । वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत...
माघ पहिलो हप्तादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा...
लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर
काठमाडौं । कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ। भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका...
थन्क्याएको १६ महिनापछि परीक्षणका लागि गुडाइयो रेल
जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ । पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ । २०७७ असोज...
उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी
कञ्चनपुर । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले...
बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा समायोजन, अब कति तिर्नुपर्छ ?
काठमाडौं । बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ। पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण गरेको हो। परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू फ्लाग डाउनु ६० रुपैयाँ कायम गरिएको यातायात...
सभ्य समाज निर्माणमा यूवाको भूमिका
महाभारतको एउटा प्रसंग छ जब महात्मा विदुर भीष्मसंग उनको सयलकक्षमा गफ गर्दै भन्दछन तातश्री जब हस्तिनापुरको पापको नदी बहन्छ तब म र तँपाई जरुर त्यो नदीको किनारामा उभिएर समिक्षा गर्दै हुन्छौ । कमसे कम हामीले अनिष्ठ हुनबाट रोक्ने कोसिस त गर्यौँ । कयौँले त चर्चा गर्नुपर्ने पनि आवश्यक ठानेन...
९ जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । मन्त्रालयले इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा, सुर्खेत र बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो । गृहले एक सहसचिवसहित १४ जना उपसचिवको सरुवा गर्दा गृहमा रहेका सहसचिव रमेश ढकाल बागलुङको प्रमुख जिल्ला...










