कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

अखबार हब
२०७८ पुष २५, आईतवार १४:३८

काठमाडौं । कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौंको कलंकीमा टिप्परले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ घर भई भैँसेपाटी बस्ने वसन्त विष्ट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिवार राति थानकोटबाट कलंकी आउँदै गरेको बा ४ ख ६८४३ नम्बरको टिप्परले कलंकीबाट स्वयम्भू जाँदै गरेको बा २ ब ५४०१ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए । वसन्त विष्टको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । निखिल विष्टको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*