म्यान मकवानपुरको १० औं वार्षिक साधारण सभा
मकवानपुर । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान)मकवानपुरले आफ्नो १० औं वार्षिक साधारण सभा शनिबार हेटौंडामा गरेको छ । नेपाल मोवाइल एशोसिएसन महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख अतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा सभा भएको थियो ।
मोवाइल व्यवसायीहरुको हकहितमा आफ्नो काम गर्दै आइरहेको म्यान मकवानपुरले आव २०७७र०७८मा ३ लाख ३ हजार सात सय बराबरको कारोबार गरेको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्धय प्रमोद सिं रानाभाट, राजु अधिकारी, हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपाने, संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको आतिथ्यता रहेको थियो ।
म्यान मकवानपुरका सल्लाहकार महेन्द्र राउत, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी, मोवाईल वितरक संघ हेटौंडाका संयोजक रोहिनी प्रसाद गौतम, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, म्यानका निर्तमान अध्यक्ष एसीस रिजाल लगायत मोवाइल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।







