उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु

अखबार हब
२०७८ पुष २९, बिहीबार ०९:१७

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ ।

ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो ।

हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*