बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा समायोजन, अब कति तिर्नुपर्छ ?

अखबार हब
२०७८ पुष २३, शुक्रबार १८:५८

काठमाडौं । बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ। पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण गरेको हो।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू फ्लाग डाउनु ६० रुपैयाँ कायम गरिएको यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

सुरूका एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुने गरी कायम गरिएको हो। ट्याक्सीहरूले पूर्णरूपमा मिटरको प्रयोग गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ।

ट्याक्सीमा छुटेको सामान सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्नेछ। नियमित रूपमा सरसफाइ गरी लैंगिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*