४५ किलो लागूऔषध गाँजासहित मनहरीबाट २ जना पक्राउ

अखबार हब
२०७८ पुष २२, बिहीबार १८:०२

मकवानपुर। पश्चिमी मकवानपुरको मनहरीबाट ४५ केजी लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी–९ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डबाट ४५ केजी गाँजासहित दुइजनालाई पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नंम्बर– २ बस्ने वर्ष ४२ को भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नंम्बर– ५ बस्ने वर्ष ४१ को हिरालाल गुरुङ्गलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले ल्याएको भारी चेकजाँच गर्दा लागुऔषध गाँजा ४५ किलो फेला परेको हुदाँ उनीहरुलाई उक्त लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*