मकवानपुर क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग गरिएको छ । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्याम्पस कमिटीले आज क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन हस्तान्तरण गरेको हो ।
सेनिटाइजर मेसिनसँगै एन–९५ मास्क एक कार्टुन, लगभग २० लिटर सेनिटाइजर क्याम्पसलाई हस्तान्तरण गरिएको अनेरास्ववियू मकवानपुरका सचिव आकाश अधिकारीले जानकारी दिए । कार्यक्रममा अनेरास्ववियू मकवानपुर जिल्ला अध्यक्ष अरुण बर्तौला, केन्द्रीय सदस्य कुमार रुम्बा, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।








