समाचार

तापिरहेको आगो शरीरमा सल्किदा महिलाको मृत्यु

काठमाडौं । काठमाडौंमा एक बृद्ध महिलाको तापिरहेको आगो शरीरमा सल्किदा मृत्यु भएको छ । घट्टेकुलोकी ८० वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति आगोले जलेर मृत्यु भएको हो । गम्भिर घाइते भएकी बस्नेतको उपचारको क्रममा किर्तीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरमा आगो ताप्ने क्रममा आफैले लगाएको...

प्रमुख प्रशासकीय अधिकृत, कांग्रेस नेता, वडा अध्यक्षसहित तासको खालबाट पक्राउ

सुर्खेत । जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ । सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई...

बस्तिपुर जेसीजको नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुको असहमति (विज्ञप्तिसहित)

मकवानपुर। बस्तिपुर जेसीज हाँडीखोलको वर्ष २०२२ को नेतृत्व चयन प्रक्रियाप्रति संस्थाका पूर्व अध्यक्षहरूले असहमति जनाएका छन् । सात जना पूर्व अध्यक्षहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तेजप्रसाद उप्रेती (रमेश)लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । अध्यक्षका उम्मेदवार गणेश अधिकारीको भाई मोटरसाइकल दुर्घटनामा परी अस्पतालमा उपचाररत् रहेको कारणले...

पोल्ट्री दिवसको अवसरमा मकवानपुर कुखुरा व्यवसायी संघको अन्तरक्रिया

मकवानपुर । नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आज हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघको आयोजनामा पोल्ट्री दिवसको अवसर पारेर संघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष गोकुलनाथ पौडेलको सभा अध्यक्षतामा भएको कार्यक्रममा पशु पंक्षी तथा मत्स्य विकास बागमती प्रदेशका निर्देशक डा.रामप्रकाश प्रधानको प्रमुख...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९८.७६ प्रतिशत सम्पन्न

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भएको छ । विमानस्थलमा रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्यान्डलिङ सिस्टम, एक्सरेलगायत आवश्यक उपकरणहरू जडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । विमानस्थलमा चाँडै क्यालिब्रेसन फ्लाइट गरेर वैशाखदेखि उडान सुरु गर्ने...

घर फर्कने टिकट लिएका एक नेपालीको कुवेतमा मृत्यु

दोहा । वैदेशिक रोजगारीका क्रममा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातबाट मृत्यु भएको हो । उनलाई हृदयाघात भए लगतै कुवेतको एक अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै...

ललिता निवास जग्गा प्रकरणमा १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतले एक जना २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गएको आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार आठ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । यस प्रकरणमा उच्च पदस्थ...

बाघको आक्रमणबाट वनमा साग टिप्न गएकी महिलाको मृत्यु

नवलपरासी । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा आज वनमा साग टिप्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार मध्यविन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको वनमा साँग...

आज थपिए २३५ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा चार हजार ८७९ जना सक्रिय सङ्क्रमित छन्। पछिल्लो समय थप २१२ जना भाइरस सङ्क्रमणमुक्त...

लाहुरेसहित पक्राउ परेका चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष राना लाहुरेसहित चार जनालाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले चारै जनालाई आठ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो । कास्की प्रहरीले यहि १४ पुसको राति ७ बजेतिर पोखरा महानगरपालिका ८...