समाचार

स्वास्थ्यमन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

मकवानपुर। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै मोर्डना खोप अभियान सुरु गरेका हुन्। आइतबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको हो। स्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२...

त्रिविको ४७औँ दीक्षान्त समारोह भोलि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।

श्रोत नखुलेको नक्कली रुपैयाँसहित दुई भारतीय पक्राउ

सर्लाही ।  सशस्त्र प्रहरीले श्रोत नखुलेको नक्कली रूपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् । बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल...

२५ वर्षीय युवकको घाँटी रेटेर विभत्स हत्या

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ । अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले बताए । स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर...

९ वर्षीय बालक चर्चमा झुण्डिएको अवस्थामा फेला

बुटवल। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय...

प्रेस चौतारीको केन्द्रीय कमिटीमा को–को परे ?

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ । केन्द्रीय अध्यक्ष गणेश बस्नेत र महासचिव राजेश राई छन् । वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, महिला उपाध्यक्ष टीका विष्ट, समावेशी उपाध्यक्ष सइन्द्र राई छन् । यसैगरी प्रदेश १ बाट लीलाराज भट्टराई र...

रोटरी क्लब अफ हेटौंडाद्वारा आँखा शिविरमा ८६९ को परीक्षण

मकवानपुर । रोटरी क्लब अफ हेटौंडाको वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रममा निःशुल्क आँखा शिविर शनिबार भएको छ । मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण भएको छ । परिक्षण मध्ये एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू भेटिएको र उनीहरुको शल्यक्रियाका लागि छनौट गरिएको शिविर...

पुराना नेताहरुको नेतृत्वले विकास सम्भव छैनः समाजवादी संयोजक कार्की

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रीय संयोजक राजु कार्कीले देशमा पुरानो नेताहरुको नेतृत्वले विकास सम्भव नरहेको बताएका छन् । आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक कार्कीले देशमा पुरानो पार्टी र पुराना नेताहरुको नेतृत्वले जनताले चाहेको अनुसार कामहरु गर्न नसकेको बताए । संयोजक कार्कीले...

कैलालीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव

धनगढी । कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा...

घरेलु मैदानमा पुलिसमाथि मनाङ विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन अन्तर्गत पोखरामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३–१ ले पराजित गरेको छ । घरेलु मैदान पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरे । घरेलु...