कांग्रेस सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ

अखबार हब
२०७८ पुष ४, आईतवार १६:५२

बुटवल । नेपाली कांग्रेस रूपन्देही सिद्धार्थनगर उपसभापति किरण घिमिरे पक्राउ परेका छन्।

उनलाई पक्राउ गरेर अनुसन्धान थालेको रूपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेको बताइए पनि प्रहरीले पक्राउको कारण बताएको छैन।

‘उहाँविरूद्धको उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको छ, अरू कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।

घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। उनी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का सदस्य पनि हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*