चिसो बढ्‍यो : उच्चपहाडी क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु/कुहिरो लाग्‍ने

अखबार हब
२०७८ पुष ५, सोमबार ०८:४३

काठमाडौं । हाल पहाडी भूभागहरूमा आंशिक बदली रहेको मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन ।

आज देशका पहाडी भूभागमा आशिंक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लाग्ने छ। दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको आज बिहानको तापक्रम ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*