श्रोत नखुलेको नक्कली रुपैयाँसहित दुई भारतीय पक्राउ

अखबार हब
२०७८ पुष ४, आईतवार १२:५७

सर्लाही ।  सशस्त्र प्रहरीले श्रोत नखुलेको नक्कली रूपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर(१० गण सर्लाहीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सशस्त्रले नक्‍कली नेपाली १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*