२५ वर्षीय युवकको घाँटी रेटेर विभत्स हत्या

अखबार हब
२०७८ पुष ४, आईतवार १२:४५

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।

अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले बताए ।

स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव भेटिएको हो । एक प्रहरी अधिकृत भन्छन्, ‘हत्या गरी सकेपछि अपहरण गरेको जस्तो देखाउन खोजिएको छ, हात पनि बाँधेको अवस्थामा शव थियो । यसको कारणबारे अनुसन्धानपछि नै खुल्ला ।’

मजदुरी गर्ने अर्जुन सामान्य परिवारका हुन् । उनी अन्तिमपटक शुक्रबार साँझ घर नजिकै देखिएका थिए ।

डीएसपी जोशीका अनुसार युवकको परिवार भारतमा भएकाले शव उठाइएको छैन । ‘राति घटनास्थल सुरक्षित राखेका थियौं, अहिले मुचुल्का गरेर परिवार आएपछि पोष्टमार्टमका लागि पठाउने तयारी छ’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि घटनास्थलमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*