हेटौँडामा ट्याक्टरबाट खसेका एकको मृत्यु
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने फारलाइनमा गम्भीर अवस्थामा भेटिएका एक जना घाइतेको मृत्यु भएको छ। शुक्रबार राति हेटौंडा–८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० बर्षिय शक्ती मोक्तानको मृत्यु भएको हो।
घाइते अवस्थामा भेटिएका मोक्तानको प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। घटना लगत्तै मकवानपुर प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्ति ना ७ त १२९५ नम्वरको ट्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्याकटरबाट खसेको पाइएकोले प्रहरीले ट्याकटर र चालक हेटौडा ८ कमाने बस्ने २८ बर्षीय अजित ढकाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ । मृतक मोक्तान सोही ट्याक्टरमा ज्यामी काम गर्ने अनुसन्धानका क्रममा पत्ता लागेको जनाइएको छ।







