एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती

अखबार हब
२०७८ पुष ३, शनिबार १४:०७

काठमाडौँ । नेकपा एमालेको सल्लाहकार परिषद्को सदस्य बनाएकोमा निवर्तमान उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका छन् ।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्था नै अनैतिक भएको रावलले बताउँदै आएका छन् ।

रावललाई तत्काललाई सल्लाहकारमा राखिएको र थप जिम्मेवारी अध्यक्षको सल्लाहमा हुने महासचिव शङ्कर पोखरेलले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*