देशभर १८९ संक्रमित थपिए, २५० जना डिस्चार्ज

अखबार हब
२०७८ पुष ३, शनिबार १६:२८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा २५० जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।

त्यस्तै, आज थप दुई जनाको कोरोनाका कारण निधन भएको छ । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७२ पुगेको छ ।

आज देशभर ५ हजार ४२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*