समाचार
देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका...
द्वन्द्वपीडितलाई न्याय हुन्छः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो । “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो,...
महाधिवेशनमा रक्तदान
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको...
अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त
जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ । असमान आर्थिक बाँडफाँड प्रणालीका कारण...
महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार
काठमाडौँ । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आउनुभएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ । सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उहाँले बताउनुभयो । उहाँले दैनिक...
बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ
नुवाकोट । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् । उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी...
पूर्वडिआइजी खरेलले आज नयाँ दल घोषणा गर्दै
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै छन् । आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल ‘नेपाल सुशासन पार्टी’ नामक घोषणा गर्न लागेका हुन् । देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन...
कांग्रेसको महाधिवेशन उद्घाटन ज्योतिषको साइतमा
काठमाडौँ । नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४ औँ महाधिवेशनको उद्घाटन ज्योतिषको साइतमा गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले...
कांग्रेस महाधिवेशन: पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा
काठमाडौँ । बिहीबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् । महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे...
एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव
चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो । गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो ।...










