काँग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक बिग्रिएपछि…
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै माइक बिग्रन पुगेको छ । उनले बोल्दाबोल्दै माइक बिग्रिएपछि ओली ‘मैले शेरबहादुरजीलाई नै छाडिदिएँ’ भन्दै सम्बोधन पुरा नगरी त्यसै मञ्चमा फर्किएका थिए ।
त्यसको केही सेकेण्डमा पुनः माइक बनेपछि ओली सम्बोधन प्रवक्ता विश्वप्रकाश शर्माले बोलाए । उनले बोलाएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिए ।







