समाचार
‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक
काठमाडौँ । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको...
महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ
काठमाडौँ । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडाँैमा कांग्रेसको महाधिवेश सुरु भएको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने...
अनलाइनबाट कर तिर्ने व्यवस्था प्रभावकारी भएन
काठमाडौँ । नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख...
धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड
काठमाडौँ । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर...
शेखरको टीममा विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् । अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । पौडेल समूहका नेताहरु टीम बनाउन जुटेका छन् । यो समूहबाट एक...
मोटरसाइकल खम्बामा ठोक्किँदा एकको मृत्यु, चालक घाइते
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुस्थित रातोपाटी नजिक सडक छेउमा रहेको बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकलाका चालक भने घाइते छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल शुक्रबार राति आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको...
रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए । पूर्वमहामन्त्री प्रकाशमान...
काँग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक बिग्रिएपछि…
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले बोल्दाबोल्दै माइक बिग्रन पुगेको छ । उनले बोल्दाबोल्दै माइक बिग्रिएपछि ओली ‘मैले शेरबहादुरजीलाई नै छाडिदिएँ’ भन्दै सम्बोधन पुरा नगरी त्यसै मञ्चमा फर्किएका थिए । त्यसको केही सेकेण्डमा पुनः माइक बनेपछि ओली सम्बोधन प्रवक्ता विश्वप्रकाश शर्माले बोलाए । उनले...
राजेन्द्र लिङ्देनलाई ओलीले भनेः ‘भर्खर-भर्खर जन्मेको बाछो हिँड्न जान्दैन’
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’ अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र...
कांग्रेस नेताहरुलाई प्रचण्डको आग्रहः एक्लै हिँड्ने अहंकार नगरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको...









