चोरी गरिरहेको अवस्थामा चार जना पक्राउ
धनगढी । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने बिबेक साउद रहेका छन् ।
उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







