समाचार

नेपाल निर्माण श्रमिक संघ राष्ट्रिय समितिको बैठक सम्पन्न

मकवानपुर । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ राष्ट्रिय समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ । बैठक २६ र २७ माघ हेटौंडामा सम्पन्न भएको हो । राष्ट्रिय समितिको बैठक उद्घाटन गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सभापती इन्द्र बानियाले निर्माण श्रमिकको हक हित र अधिकारकोलागि संघले कार्य गरिरहेको मा धन्याबाद...

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

काठमाडौँ । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको...

जुत्ता पसलमा आगलागी : मृत्यु हुनेको पहिचान खुल्यो, ५ मध्ये ४ बालबालिका

दाङ । दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन्।...

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए । ‘प्रहरी प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला...

मकवानपुरका ६१० विपन्न परिवारलाई न्यानो कपडा

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका...

पिपराका वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोही वडामा रहेको सुब्बापोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाई ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा...

एसईई केन्द्रले नै गराउने, ऐन संशोधन गर्न मन्त्रिपरिषद्मा

काठमाडौं । यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि संघीय सरकारअन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले नै गराउने भएको छ । आउँदो वैशाख ९ देखि २० गतेसम्म एसईई हुन लागेको हो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले कानुनमै परीक्षा बोर्डले गराउने उल्लेख भएकाले त्यसमा केही गर्न...

विपन्न परिवारलाई रेणु लामाले गरिन् खाद्यान्न सहयोग

मकवानपुर । हाल छिमेकी देश भारतमा बस्दै आएकी मकवानपुरका रेणु लामाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी छन् । हेटौंडा उपमहानगरपालिका—११ नमुना चोकमा बस्दै आएका विपन्न परिवारलाई मकवानपुरकी रेणु लामाले खाद्यान्न सहयोग गरेको हो । उनले मकवानपुरका सञ्चारकर्मी अन्जना तामाङ र जमुना थिङमार्फत् बिहीबार विपन्न परिवारलाई ६ हजार ५ सय...

६ वर्षपछि गोहीको गर्धनबाट निकालियो टायर

काठमाडौं । एउटा गोही विगत ६ वर्षदेखि जीउमा मोटरसाइकलको टाएर बोकेर बाँच्न विवश थियो । अन्ततः एकजना दयालु र साहसी मानिसले उक्त गोहीको गर्धनमा बेरिएको उक्त टायर निकालेर गोहीलाई मुक्ति दिलाएका छन् । इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा बस्ने तिली नामका ती व्यक्तिले हिम्मत र बहादुरीपूर्वक गोहीको उद्धार गरेर सबैको...

आगो ताप्दा जलेर महिलाको मृत्यु

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई...