नेपाल निर्माण श्रमिक संघ राष्ट्रिय समितिको बैठक सम्पन्न

अखबार हब
२०७८ माघ २८, शुक्रबार १२:५३

मकवानपुर । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ राष्ट्रिय समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ । बैठक २६ र २७ माघ हेटौंडामा सम्पन्न भएको हो ।

राष्ट्रिय समितिको बैठक उद्घाटन गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सभापती इन्द्र बानियाले निर्माण श्रमिकको हक हित र अधिकारकोलागि संघले कार्य गरिरहेको मा धन्याबाद दिदै रोजगारी ,ज्याला, सामाजिक सुरक्षा जस्ता मुद्दाहरूको कानुनी संरक्षकत्व प्रदान गर्न काँग्रेस लागि पर्ने बताए ।

संघका राष्ट्रिय अध्यक्ष जेबि गुरुङको सभाध्यक्षतामा बसेको केन्द्रीष्य समितिको बैठकले संघको जिल्ला अधिवेशन आगामी फागुन मसान्त भित्र सम्पन्न गरि चैत १० गते भित्र प्रदेश तथा केन्द्रमा शुल्कसहित सदस्यता विवरण पठाइसक्नु पर्ने तथा ७ वटै प्रदेश अधिवेशन चैत्र १५ गतेसम्म सम्पन्न गरिसक्ने र प्रतिनिधि केन्द्रिय कार्यालयमा विवरण दाखिला गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको थियो ।

बैठक उद्घाटन समारोहमा नेपाल ट्रेडयुनियनका सल्लाहकार तथा काँग्रेस नेत्री रीता खनालले सक्षम र सबल सङ्गठन निर्माणमा सहि मुद्दा र साहस नेतृत्वमा हुनु पर्ने र जसको लागि लडेर अबसर लिनु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*