समाचार

राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु

मकवानपुर । हेटौंडाको राप्तीतहमा निर्माण गरिएको शवदाह मेसिनबाट शब जलाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको शवदाह मेसिनको जडान कार्य सम्पूर्ण भएसँगै आजबाट शव जलाउन सुरु गरिएको हो ।  हिन्दुसंस्कार अनुसार शव जलाउन मिल्नेगरी कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेसन...

बागमती प्रदेशभर २६ सय बालबालिका कुपोषित, सबैभन्दा बढी ललितपुरमा

मकवानपुर । उमेर २ वर्ष भइसक्यो । तौल साढे २ केजी मात्रै छ । पेट ठूलो, गाला ख्याउटे, तिघ्राको मासु मुजा परेको छ । हेर्दैमा उनमा पोषणको मात्रा नपुगेको भन्ने लाग्छ । जन्मेको ६–२३ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क बालभिटा उपलब्ध गराउँदै आए पनि उनी यसको पहुँचमा छैनन् । यो मकवानपुरको विकट कैलाश गाउँपालिका–४ लिक्चेका...

गैंडाको खाग तस्कर २३ वर्षपछि पक्राउ

चितवन । गैंडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्। न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैंडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना...

जिसस मकवानपुरद्वारा बागमती गाउँपालिकाको अनुगमन

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार जिल्लाको बागमती गाउँपालिको अनुगमन गरेको छ । स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरण, सामाजिक सुधारलगायतका क्षेत्रमा भएरगरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा सोमबार बागमती गाउँपालिकाको अनुगमन गरेको हो । यस अघि जिससले आइतबार मौजदात...

मकवानपुरमा फागुन १ गतेबाट शैक्षिक संस्था खुल्दै

मकवानपुर । मकवानपुरमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनमा आउने निश्चित भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार १ आदेश जारी गर्दै फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनको व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएको बताएका छन् । ‘विद्यालय, कलेज,...

पशुपतिनगर दुर्घटना अपडेटः घाइते हेटौंडा–१ का घिमिरेको मृत्यु

मकवानपुर । पशुपतिनगरको मास्टरचोकमा भएको सवारी दुर्घटनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक हेटौंडा–१ चाइनाक्वाटरका अन्दाजी ४० वर्षीय अर्जुन घिमिरेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । सोमबार दिउँसो बीरगञ्जबाट हेटौंडा आउँदै गरेको ग...

हेटौंडाको पशुपतिनगरमा सवारी दुर्घटना, एक जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरको मास्टरचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत् भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार एकजना घाइते भएका हुन् । अम्लेखगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३ ००२ प ९३६२ नम्बरको मोटरसाइकललाई सोही...

आजदेखि फाइजर खोपको दोस्रो डोज

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ । शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप...

आजदेखि हट्यो सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आज मध्यरातिबाट निर्णय लागू भएको हो । ७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक...

हेटौँडा औद्योगिक क्षेत्र जग्गा ‘कब्जा’ प्रकरणः नेता बानियाँलाई जोगाउने प्रपञ्च

मकवानपुर । कानुनविपरीत हेटौँडा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेका दुई कम्पनीलाई जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गाको सम्झौता गरेर पनि वर्षौंसम्म उद्योग सञ्चालन नगरेका कम्पनीलाई उद्योग सञ्चालन गर्न वा ३५ दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेको हो । हेटौँडा औद्योगिक...