रौतहटमा किशोरीको शव फेला
रौतहट । हत्या गरी फालिएको अवस्थामा बुधबार रौतहटमा किशोरीको शव फेला परेको छ।
रौतहट इशनाथ नगरपालिका–४ मठियास्थित गहुँ खेतमा १९ वर्षीया किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सोही नगरपालिका–९ लौतना टोल बस्ने कलाम मियाँ मन्सुरीको छोरी चाँदनी खातुनको रहेको रौतहटका डिएसपी सुनील मल्लले जानकारी दिए।
किशोरीको घाँटीमा सलले कसेर मुखमा कपडा केचिएकाले उनको हत्या गरिएको हुन सक्ने उनले बताए। किशोरीको शवलाई जाँच मुचुल्का गरी परीक्षणका लागि गौर अस्पताल पठाइएको र घटनाको थप अनुसनधान भइरहेको डिएसपी मल्लले बताए।







