समाचार
१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका–४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
अन्तर्वार्ताको माग गर्दै लोक सेवा आयोगमा नासुका उम्मेदवारको धर्ना
काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले बिहीबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् । गत भदौमा लिखित परीक्षाको ततिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले...
रौतहटमा किशोरीको शव फेला
रौतहट । हत्या गरी फालिएको अवस्थामा बुधबार रौतहटमा किशोरीको शव फेला परेको छ। रौतहट इशनाथ नगरपालिका–४ मठियास्थित गहुँ खेतमा १९ वर्षीया किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सोही नगरपालिका–९ लौतना टोल बस्ने कलाम मियाँ मन्सुरीको छोरी चाँदनी खातुनको रहेको रौतहटका डिएसपी सुनील मल्लले जानकारी दिए।...
एसईई वैशाख ९ गतेदेखि हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको...
हेटौंडाको बुद्ध चोकमा एक हप्ते कोरोना विरुद्धको खोप अभियान
मकवानपुर । हेटौंडामा बुधबार सर्वसाधारणलाई लक्षित गरि एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडाको बुद्ध चोकमा एक कार्यक्रमकाबीच खोप अभियान सुरु गरिएको छ । एक हप्तासम्म चल्ने खोप अभियान सर्वसाधारण लक्षित गरिने जनाइएको छ । खोप लगाउन अनिवार्य गरेपछि हेटौंडा...
अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु
जनकपुरधाम । जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ...
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्युु
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो । प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते...
क्याम्पस प्रमुखले मदिरा पिएर श्रीमती कुटेपछि प्रहरीमा चारवटा उजुरी
कालीकोट । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् । क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मार्यादा बिर्षेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीवेइजेती र अभिभावकहरुलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कार्वाहीको माग गदै...
निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय...
तीन राउण्ड हवाइ फायर गरेर प्रहरीले खुलायो राजमार्ग
मकवानपुर । स्थानियले आन्दोलन गरेसँगै अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौंडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय...









