जुत्ता पसलमा आगलागी : मृत्यु हुनेको पहिचान खुल्यो, ५ मध्ये ४ बालबालिका

अखबार हब
२०७८ माघ २८, शुक्रबार १०:००

दाङ । दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ बालबालिका छन्।

मृत्यु हुनेमा अन्दाजी ५–६ वर्षका अबिददिन अली, अन्दाजी १३–१४ वर्षीया सजिता खातुन, करिब १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*