सेफ्टी ट्याङकीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

अखबार हब
२०७८ माघ २८, शुक्रबार १३:५९

मोरङ । सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको सेफ्टी ट्याङकीमा डुबेर दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित वीपी आधारभूत विद्यालयको ट्वाईलेटको सेफ्टी ट्याङकीमा डुबेर असक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*