मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

अखबार हब
२०७८ माघ २८, शुक्रबार २०:३२

मकवानपुर। मकवानपुरमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४ जनामा पिसिआर र ३७ जना एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र ११ जनामा गरि थप १५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा थाहा नगरपालिका भित्रका १० जना,हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका भित्रका २ २ जना रहेका छन् भने मकवानपुरगढी गाउँपालिकाका एक जना रहेका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८५ जना पुगेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना संक्रमण मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*