अनलाइनबाट मगाएको आईफोनको पैसा नतिरी भागेपछि….

अखबार हब
२०७८ माघ २८, शुक्रबार १४:१५

काठमाडौं । अनलाइनबाट मगाएको आईफोन पाएपछि पैसा नतिरी भाग्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार १९ वर्षीय उर्गेन टासी शेर्पा बौद्ध स्तुपा आसपासमा अनलाइनबाट मगाएको दुईवटा आईफोन पाएपछि पैसा लिएर आउँछु भन्दै अर्काको घर देखाएर भागेका थिए। लामो समय नआएपछि अनलाइन डेलिभेरीले आँत्तिदै प्रहरीले खबर गरेका थिए।

प्रहरीले भागिरहेको अवस्थामा उर्गेनलाई पक्राउ गरेको छ। उर्गेनको साथबाट आइफोन १२ प्रो म्याक्स, आईफोन ११ प्रो म्याक्स र आईफोन एक्स बरामद भएको प्रएको थियो ।

सोलुखुम्बु स्थायी घर भई काठमाडौँ महानगरपालिका( ६ सरस्वती नगर बस्दै आएका उर्गेनलाई चोरी तथा डाँका कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*