समाचार
कान्ति लोकपथमा ट्रक दुर्घटनाः एकको मृत्यु, चालक घाइते
मकवानपुर । कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मकवानपुरको वकैया गाउँपालिका–११, घट्टेपाखामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री लोड गरिएको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय...
१ सय ७१ केजी गाँजासहित राक्सिराङका अक्कल प्रहरी फन्दामा
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणको गाँजासहित चालकलाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय ७१ केजी गाँजासहित गाडी चालक राक्सिराङ गाउँपालिका–४ का २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट मंगलबार...
मकवानपुरमा डढेलो नियन्त्रणका लागि १५ मेसिन र ३७ किमि अग्निरेखा तयार
हेटौंडा । वन डढेलोको उच्च जोखिममा रहेको मकवानपुरमा यस वर्ष डढेलो नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार ३७ किलोमिटरभन्दा बढी अग्निरेखा सफाइ, वन हेरालुको परिचालन र आधुनिक मेसिनको प्रयोगले गर्दा यस वर्ष डढेलोको प्रभाव न्यून देखिएको छ...
त्रिभुवन माविको अध्यक्षमा दाहाल
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित त्रिभुवन माध्यामिक विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा जुना दाहाल चयन भएकी छिन् । सोमबार गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समितिको बैठकले हेटौंडा -११ नम्बर वडाका अध्यक्षसमेत रहेकी दाहाललाई समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । यसैगरी सदस्यहरुमा संजय बिडारी, जनकप्रसाद लामिछाने, गोविन्दप्रसाद न्यौपाने,...
अन्तराष्ट्रिय शैक्षिक गुणस्तर कायम गर्ने तयारीमा भुटनदेवी मावि
हेटौँडार । मकवानपुरको हेटौंडामा रहेको भुटनदेवी माविले भौतिक र शैक्षिक स्तर अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने भएको छ । भुटनदेवी मावि र ग्लोवल क्वालिटी काउन्सिल, नेपालको प्रतिनिधिबीच आईतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झौता भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले...
हेटौंडामा जारी महोत्सवका कारण करिब ३ हजार विद्यार्थीको परीक्षा प्रभावित
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० टिसियन चौरमा जारी दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवका कारण स्थानीय विद्यार्थीको परीक्षा प्रभावित भएको भन्दै व्यापक गुनासो आएको छ। महोत्सवको कारण हेटौंडा–१० स्थित सोलिड्यारेटी इन्टरनेसनल माध्यमिक विद्यालय, तुलसी मेयर माध्यमिक विद्यालय र ज्ञानदा माध्यमिक विद्यालयका करिब ३ हजार विद्यार्थीको परीक्षा महोत्सवका कारण प्रभावित...
रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीको बधाई, बीआरआईलगायत परियोजनामा सहकार्य गर्न प्रस्ताव
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई ज्ञापन गरेको छ। सीपीसीले शुभकामना सन्देश पठाएर रास्वपा नेतृत्वको सरकारसँग चीनले मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र सहकार्यलाई गहिरो बनाउने बताएको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा भनिएको छ, “दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी सिकाइलाई गहिरो बनाउन...
बागमती प्रदेशका अर्थ सचीव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोप
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ । अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ । त्यो रकम जग्गा खरिद र...
इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै हेटौंडामा प्रदर्शन
हेटौंडा । इनिशा बिक हत्याका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहीबार हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरुले प्रर्दशन गरेका हुन । प्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाइएको थियो । प्रदर्शनमा हेटौंडा...
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी हुन् । उनी...










