समाचार

मकवानपुरमा ५५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा करिब ५५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मतदानको समय सीमा ५ बजेसम्म केही स्थानमा मतदाताहरु लाइन बसेर मतदान गरेको कारण अन्तिम संख्या आउन अझै केही समय लाग्नेछ । मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा...

मकवानपुरका ३ लाख १५ हजार मतदाताले ३७८ मतदान केन्द्रबाट मतदान गर्दै

हेटौंडा। प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्दै छन् । यहाँका मतदाताहरुलाई कडा सुरक्षा व्यास्थाका साथ मतदानको व्यवस्था मिलाइएको छ । चार वटै सुरक्षा निकायका करिब ४ हजार भन्दा धेरै सुरक्षाकर्मीहरु मतदानमा खटिएका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार...

यस्तो छ निर्वाचन विशेष मौसम पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने बताएको छ । महाशाखाले बुधबार जारी गरेको निर्वाचन विशेष मौसम बुलेटिनका अनुसार बुधबार कोशी, बागमती र गण्डकीको हिमाली तथा पहाडी भूभागको एक, दुई स्थानमा फाटफुट वर्षा र हिमपातको...

रास्वपाको विरोध गर्दा मकवानपुरगढीका पाण्डे हिरासतमा, उम्मेदवार गौतमले दिएका थिए जाहेरी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम उच्चारण गर्दा मकवानपुरमा एक युवक प्रहरी हिरासतमा पुगेका छन् । मकवानपुरगढी गाउँपालिका ६ का स्थानीय प्रकाश पाण्डे जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सामान्य विरोध गर्दा उनी हिरासत पुगेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सिंहदरबार जलाउनेलाई टिकट दिएको...

भुटनदेवी स्कुुलमा मदगणना हुने

मकवानपुर । फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मत गणना हेटौंडा ४ स्थित भुटनदेवी माविमा हुने भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान पश्चात मतगणना कार्य भुटनदेवी माविको ए र बि ब्लकमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत...

जिल्लाका दुवै क्षेत्रमा जीत्ने एमाले मकवानपुरको दाबी

हेटौंडा । प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि सकिन लाग्दा नेकपा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । एमालेका जिल्ला नेताहरूका अनुसार घरदैलो, कोणसभा र जनभेटघाटका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ दुवैमा पार्टीका उम्मेदवारप्रति...

जेन-जी आन्दोलनमा भीमफेदी जेलबाट भागेकामध्ये १३४ कैदीबन्दी अझै फरार

हेटौंडा । जेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये शुक्रबार बिहानसम्म १३४ जना कैदीबन्दी अझै फरार छन् । फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् । भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय ६ जनालाई...

मतदानको दिन देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै निर्वाचन आयोगले मतदानको दिन देशभर मौसम सफा रहने जनाएको छ । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोका बीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद...

यातायात कार्यालय हेटौंडाका अधिकृत भेटुवाल र बिचौलिया पौडेल घुस रकमसहित रङ्गेहात पक्राउ

हेटौंडा। यातायात व्यवस्था कार्यालय हेटौंडामा हुने सेटिङ र घुसखोरीको जालो फेरि एकपटक उदाङ्गो भएको छ। सवारी सरुवा सहमतिका लागि सेवाग्राहीसँग रकम बार्गेनिङ गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले कार्यालयमा कार्यरत कर्मचारी अधिकृत छैटौं अमृत भेटुवाल र बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई रङ्गेहात नियन्त्रणमा लिएको...

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको सख्या १८ पुग्यो

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए । बसमा ४६ यात्रु रहेको र उद्धार...