समाचार
माटो परीक्षणलाई अभियानकै रूपमा अघि बढाइनेः मन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले प्रदेशभित्र माटो परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन्। चितवनको भण्डारामा आयोजित मन्त्रालय मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले किसानहरूले लामो समयदेखि...
हेटौंडाको सिद्धार्थ माविमा रहेको मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला...
इन्द्रसरोवरको सुकौरा बेसीमा स्कारपियो दुर्घटना, चार जना घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा आज बिहान स्कारपियो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल झरेर शाखा बाटोमा खसेको थियो । दुर्घटनामा चालकसहित...
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चार वटै सुरक्षा निकाय परिचालन
हेटौंडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चार वटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रका मतदान स्थल वरपर तथा दश वटै स्थानीय तहमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गरिएको हो । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाली...
चुनाव प्रचारमा अब उम्मेदवारले ‘रुफटफ भेहिकल’ प्रयोग गर्न नपाउने
काठमाडौं। सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको उनले बताइन् ।
कैलाशको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भवानी माविलाई
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा ३ स्थित भवानी माविले हात पारेको छ । भवानी माविले लगातार तीन पटकसम्म राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । प्रतियोगितामा भवानी मावि ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक प्राप्त गर्दै प्रथम...
हेटौँडामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-१९ सान्नानटार टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो बाप्र ०३-००१ ख ११७९ नम्बरको टिप्परले लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रूपन्देहीका २८ वर्षीय जगदीश थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
मकवानपुरको चेपाङ र तामाङ बस्तीमा मातृभाषामा मतदाता शिक्षा
हेटौंडा । मकवानपुरका विभिन्न पालिकामा स्वयंसेवकले मातृभाषामा मतदाता शिक्षा दिइरहेका छन् । मकवानपुर-२ निर्वाचन क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिका अधिकांश वडाका स्वयसेवकले चेपाङ भाषामा मतदाता शिक्षा दिइरहेका छन् । राक्सिराङ र कैलाश गाउँपालिका चेपाङ समुदायको बाहुल्यता भएका पालिका हुन् भने यहाँ साक्षरता प्रतिशत पनि अत्यन्त न्यून छ ।...
बागमती प्रदेशका २ सय ८४ मतदानस्थलमा टिप्दैन प्रहरी सञ्चार
हेटौंडा । बागमती प्रदेशमा उपत्यकाका तीनबाहेक १० वटा जिल्लाका १ हजार २ सय ८८ मध्ये २ सय ८४ मतदानस्थलमा प्रहरीको सञ्चार सेटबाट सम्पर्क नहुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार १० जिल्लामा नेपाल टेलिकमको नेटवर्क नटिप्ने १२ मतदानस्थल र एनसेलको नेटवर्क नटिप्ने २ सय...
रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या...










