समाचार
लिलौटी बस दुर्घटनाः पाँच जनाको शव निकालियो
काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो । दुर्घटना अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका...
मकवानपुरमा १५ जनाले मात्रै बुझाए हतियार
हेटौंडा । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह अनुसार सोमबारसम्म १५ जनाले मात्र इजाजत प्राप्त निजी हतियार प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी मकवानपुरका अनुसार जिल्लाभर ६० जनाले हतियार राख्ने अनुमति लिएका छन् । अनुमति लिएर हतियार राखेकामध्ये अझै ४५ जनाले बुझाउन बाँकी...
हेटौंडा सडक विस्तार मुद्दाको सुनवाई फागुन १० को पूर्ण इजलासमा
हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक बिस्तार सम्बन्धी मुद्दा पूर्ण इजलासमा सुनुवाईका लागि फागुन १० गते पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सुनुवाईका लागि पूर्ण इजलासमा पेश गर्ने आदेश भएको हो । सर्वोच्चले फागुन १० गते पेसी तोकेको छ ।...
राक्सिराङका चेपाङ समुदायको गरिबी देखाएर ठगी धन्दा
मकवानपुर । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाको चेपाङ समुदायको गरिबीलाई सामाजिक सञ्जालमा नाटकीय रूपमा प्रस्तुत गरी दातासँग सहयोग माग्ने गरेको पाइएको छ । चेपाङ समुदायको गरिबी देखाएर विदेशी तथा स्वदेशी दातृसंस्था तथा व्यक्तिसँग रकम वा जिन्सी सामग्री माग्ने र वितरण गर्ने गरेकोबारे राक्सिराङ गाउँपालिकाले चासो देखाएको हो । केही दिनअघि...
मकवानपुरका २१ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस
हेटौंडा । मकवानपुरमा २१ जना उम्मेदवारले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म दुवै निर्वाचन क्षेत्रका ४४ उम्मेदवारमध्ये २१ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि नयाँ बैंक खाता खोल्न सिफारिस लिएका हुन् । निर्वाचन आचारसंहिताअनुसार कुनै पनि...
मकवानपुरका उम्मेदवारहरुले अझै खोलेनन् छुट्टै बैंक खाता
हेटौंडा। मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले मंगलबारसम्म निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छैनन् । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रयोजनार्थ छुट्टै बैंक खाता खोल्नु पर्ने भए पनि हालसम्म कसैले नखोलेकोप्रति निर्वाचन अधिकृतको कार्यालय र आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ । जिल्ला निर्वाचन...
समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला...
भीमफेदी कारागार र बाल सुधार गृहबाट भागेका कैदीबन्दी पक्राउ
हेटौंडा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागार र हेटौंडा बाल सुधार गृहबाट फरार रहेका तीन जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । भीमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुरको बागमती गाउँपालिका– कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान, लागुऔषध मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियाली घर भएका...
कैलाशको गाँजा र अफिममा प्रहरीको नजर, तीन दिनमा १४ बिघा फडानी
हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गरेको छ । प्रहरीका अनुसार कैलाश गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानमा फैलिएको करिब २ बिघा क्षेत्रफलको गाँजा र १२ बिघा क्षेत्रफलको अफिम खेती फडानी गरी...
दुई लाख घुससहित पक्राउ परेका खरिदार भण्डारी दोषी ठहर
काठमाडौँ । दुई लाख घुससहित पक्राउ परेका मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। विशेष अदालतले आइतबार ठहरको फैसला गरेको हो। काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता...









