समाचार

मकवानपुरमा तीन महिने लागुऔषध विरुद्ध जिल्ला स्तरीय अभियान

हेटौंडा । लागुऔषध दुर्व्यसन समाजको गम्भीर चुनौतीका रूपमा देखिँदै गएको वर्तमान अवस्थामा मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा पुनर्स्थापनालाई एकीकृत ढङ्गले अघि बढाउने उद्देश्यसहित ३ महिने जिल्ला स्तरीय लागुऔषध विरुद्ध अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन हुने यो अभियानलाई जिल्लाको रोकथाम,...

कृषकलाई मर्का पर्ने गरी कुनै निर्णय हुँदैनः कृषि मन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषकको हितविपरीत सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बिहीबार हेटौंडामा भएको ‘प्रदेश स्तरीय पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका’ तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषकलाई सेवा प्रवाहमा असर पुग्ने...

मकवानपुरको दुई निर्वाचन क्षेत्रमा ४४ जनाको उम्मेदवारी

हेटौैडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२...

विपन्न विद्यार्थीलाई लक्ष्मी सनराइज बैंकको न्यानो कपडा

हेटौंडा । आर्थिक रुपमा कमजोर रहेका परिबारका विद्यार्थीहरुलाई लक्ष्मी सनराइज बैंकले न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको छ ।  लक्ष्मी सनराइज बैंक हेटौंडा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न समुदायका  विद्यार्थीहरुलाई ५० सेट  ट्र्याकसुट वितरण गरेको हो । बैंकले मनहरी गाउँपालिका–१,गोगनपानीस्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई उक्त सामग्री शाखा प्रमुख राज कुमार...

मकवानपुरमा उम्मेदवारी दर्ताका लागि समय निर्धारण, कुन दलको पालो कति बजे ?

हेटौंडा । फागुण २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनकामा उम्मेदवारी दर्ता गर्न मकवानपुरमा क्रियाशील राजनीतिक दललाई समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि समय निर्धार्रण गरेको हो। माघ ६ गते सबैभन्दा पहिले बिहान मंगोल नेशनल अर्गनाइजेसनलाई १०...

मकवानपुरका १६७ वटा मतदानस्थल मध्ये ‘अति संवेदनशील’ कति ?

हेटौंडा । आगामी फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ वटा मतदानस्थल मध्ये १९ वटा अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा ६ स्थानीय तहमा रहेका १९ मतदानस्थल अति संवेदनशील सूचीमा राखेको हो। ६० मतदानस्थल संवेदनशील र ८८ वटा सामान्य...

मन्त्री पौडेलले लगाए बाख्रालाई सयपत्री फूलको माला

हेटौंडा । हेटौंडामा मन्त्रीले माला लगाएर बाख्रालाई सम्मान गरेका छन्। पाँचौ बाख्रा दिवसको अवसरमा बाख्रालाई माला लगाएर दाना खुवाइएको हो। हेटौंडा–३ स्थित सिमलथली एग्रो प्रालिमा आयोजित कार्यक्रमका बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बाख्रालाई सयपत्री फूलको माला लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि खोरमा रहेका बाख्रालाई...

चितवनमा ११औं खिचरा महोत्सव सुरु, मन्त्री पौडेलले गरे उद्घाटन

चितवन । थारु कला संस्कृति संरक्षण गर्न आजदेखि चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ । खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले मंवलबार समुद्घाटन गरेका छन् । मन्त्री पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको संरक्षण गर्न...

हेटौंडामा अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको शुभारम्भ

हेटौंडा । संघीय सरकार खानेपानी तथा ढल व्यावस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको आज हेटौंडामा शुभारम्भ गरिएको छ। बोर्डको कार्यालय भित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन् गरिन् । बोर्डका ग्राहकका लागि निशुल्क र अरुका लागि शुल्क...

मकवानपुरमा ट्रकसित ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । पूर्वश्चिम राजमार्गको मकवानपुरको ज्यामिरेमा आइतबार ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका-७ का ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु...