समाचार

मालपोत कार्यालय मकवानपुरमा प्रशासनको छड्के, १४ कर्मचारी अनुपस्थित

हेटौंडा । जिल्ला मालपोत कार्यालय मकवानपुरमा बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले आकस्मिक रुपमा अनुगमन गरेको छ । कर्मचारी नहुँदा सेवाग्राहीहरुले समस्या बेहोर्नु परेको जनगुनासो आएपछी प्रशासनले अनुगमन गरेको हो । अनुगमनका क्रममा १४ जना कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको र उनीहरुलाई नियम अनुसार कार्बाही गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त...

स्वच्छ पानी नागरिकको मौलिक हक: मन्त्री पौडेल

हेटौंडा। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभएको छ। ललितपुरको गोदावरीमा सम्पन्न नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पानी उद्योगलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले पूर्ण सहयोग...

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो...

हेटौँडामा एकसय रुपैयाँमा खाना

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा सुलभ मुल्यमा खान खुवाउने उद्देश्यका साथ बुधबारदेखि भट्टी चुल्हो सञ्चालनमा आएको छ । एकसय रुपैयाँमा साकाहारी खाना दाल भात तरकारी अचार खुवाउने उदेश्यले समाजसेवी सिद्दीलाल श्रेष्ठले हेटौंडा ४ मा यो ब्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । श्रेष्ठको यो सामाजिक भावनालाई युवा ब्यवसायी प्रबिण...

सामाजिक सुरक्षा कोषमा जोडिए भुटनदेवी माविका निजी स्रोतका शिक्षक र कर्मचारी

हेटौँडा । हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माध्यमिक विद्यालय ९प्राविधिक शिक्षालय० ले निजी स्रोतमा कार्यरत् १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । दुई शैक्षिकसत्र पुरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयले सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार एक औपचारिक कार्यक्रम गरी जिफण्ट केन्द्रीय अध्यक्ष...

अदालतबाट दोषी ठहर भएका फरार पाँच अभियुक्त मकवानपुरबाट पक्राउ

हेटौंडा । विभिन्न आपराधिक घटनामा अदालतद्वारा दोषी ठहर भई फरार भएका पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद तोकिएका हेटौंडा उपमहानगरपालिका–९ का ३५ वर्षीय प्रदीप उपाध्यायलाई प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका–७...

काम सकेको दुई वर्षपछि मुख्यमन्त्री बानियाँले गरे चित्लाङ भ्युटावरको उद्घाटन

हेटौँडा। निर्माण सम्पन्न भएको दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा निर्माण गरिएको भ्युटावर उद्घाटन गरिएको छ । स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारले निर्माण गरेको सो भ्युटावर बुधबार उद्घाटन गरिएको हो । विगतमा सञ्चालन कार्यविधि तथा स्थानीय तह र प्रदेश सरकार बिचको सहमति मिल्न नसक्दा भ्युटावर तथा...

लागुऔषधसहित मकवानपुरबाट दुई युवक पक्राउ

हेटौँडा। मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिकाबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–६ का २३ वर्षीय शेख महफुल आलम र सोही स्थानका २० वर्षीय शाहिल शेख रहेका छन्। हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित खानीखेत प्रहरी चौकीबाट खटिएको प्रहरीले हेटौडाबाट काठमाडौंतर्फ गइरहेको बा ५१ प २२०९...

आगोले पोलेर मकवानपुरमा पाँच वर्षीया बालिका घाइते

हेटौंडा । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा पाँच वर्षीया बालिका घाइते भएकी छन्। चितवन राप्ती नगरपालिका–१ लोथर घर भई हाल मकवानपुर बकैया गाउँपालिका–८ शिशिर दमार बसोबास गर्दै आएका रमेश फुयालको कुखुरा फार्ममा काम गर्ने दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा फार्मको कम्पाउण्डभित्र आगो तापेर बस्ने क्रममा...

सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज

काठमाडौं । सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...