समाचार
२०८४ सम्ममा वडालाई कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त बनाउँछौँ : सिग्देल
हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नं. ४ लाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लक्ष्मी टोल विकास संस्थाको आठौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले वडा नं. ४ हेटौँडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले यसलाई व्यवस्थित सहर र बस्ती बनाउन...
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
हेटौंडा । मकवानपुरको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सामरी–धादिङ सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–१ बुंगडोल पुलबाट मोटरसाइकल खसेर हेटौँडा उपमहानगरपालिका–२ चौकिटोलका मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ र मोटरसाइकल पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हाल हेटौँडा–२ चौकिटोलमा डेरा गरी बस्ने ३५...
कृषि मन्त्रीद्वारा धुलोदुध कारखानाको निरीक्षण, सञ्चालन मोडालिटी अन्तिम चरणमा
हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले धुलोदुध कारखानाको निरीक्षण गर्नु भएको छ । बिहीवार प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लागतमा निर्माण भएको भए पनि सञ्चालन कार्यविधि तयार नहुँदा परीक्षण उत्पादनमै सीमित रहेको सो कारखानाको अवस्था बुझ्न मन्त्री पौडेल निरीक्षणमा पुग्नु भएको हो...
मकवानपुरमा ३० बिघाभन्दा बढी क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
हेटौंडा । मकवानपुरको उत्तरी भेगमा लगाइएको ठूलो क्षेत्रफलको अवैध लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चार दिन लगाएर अन्दाजी ३० बिघा १० कठ्ठा जमिनमा लगाइएको गाँजाको बोट र बेर्नाहरू नष्ट गरेको हो। लागूऔषध नियन्त्रण र न्यूनीकरण...
अन्तर जेसीज वक्तृत्वकला प्रतियोगितामा पराजुली प्रथम
हेटौंडा । जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाले ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता’ सम्पन्न गरेको छ । बुधबार ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा आयोजित कार्यक्रममा १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सन्तोष पराजुली प्रथम भएका छन् भने संजय कुमार न्यौपाने द्वितीय घोषित भए । त्यस्तै, किरण आले र विवेक...
मेयरमाथि धम्कीको घटनामा वडाध्यक्ष सिग्देलको आपत्ति: “तत्काल अपराधीलाई कानुनी दायरामा ल्याइयोस्”
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामामाथि भइरहेको निरन्तरको धम्की र चरित्र हत्याको प्रयासको घटना सार्वजनिक भएपछि हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल कारबाहीको माग गर्नुभएको छ । मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बलात्कार गर्ने धम्की लगायतका आपत्तिजनक सन्देशहरू आइरहेको सार्वजनिक...
हेटौंडा ‘महिला मैत्री सहर’ घोषणा प्रक्रियामा, मेयरलाई बलात्कारको धम्की
हेटौंडा। बलात्कारका धम्कीबीच पनि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुखले ‘महिला मैत्री सहर’ घोषणा गर्ने तयारी अघि बढाएकी छन्। मंगलबार हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) बीच ‘महिला मैत्री सहर’ घोषणाका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता सम्पन्न भएपछि मेयरले सामाजिक सञ्जालमार्फत आफूले निरन्तर बलात्कारका धम्की भोगिरहेको...
जेसीआई हेटौंडाद्वारा रक्तदान र स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न
हेटौंडा । जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ अन्तर्गत मंगलबार रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पन्न भएको पहिलो कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्त सञ्चार केन्द्र मकवानपुरको प्राविधिक सहयोग रहेको थियो ।...
हेटौंडामा जेसीज सप्ताह हुने
हेटौंडा । जेसीआई हेटौंडाले कार्तिक १८ देखि २२ गतेसम्म सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह–२०२५’ मनाउने भएको छ । जेसीआई हेटौंडाले हरेक वर्ष समुदायमुखी गतिविधि गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ का अध्यक्ष पंकजदास बानियाले कार्यक्रमको...
तिहारमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेश सरकारको अपिल
हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगमा जोड दिएको छ। मन्त्री मधुसूदन पौडेलले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान् पर्व तिहार, छठ पर्वको अवसरमा कृत्रिम फूल र विदेशी उत्पादनको सट्टा स्वदेशमै उत्पादन भएका प्राकृतिक फूल र दुग्धजन्य वस्तुको प्रयोग गर्न...










