समाचार

निजामती सेवा दिवसको अवसरमा ब्लु बुक नवीकरण सेवा सुरु

ललितपुर । २२औं निजामती सेवा दिवसको अवसरमा सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुना ललितपुरबाट दुई पाङ्ग्रे सवारीसाधनको सवारी किताब (ब्लु बुक) नवीकरण सेवा सुरु गरिएको छ। आइतबार आयोजित कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाले उक्त सेवाको उद्घाटन गर्नुभयो। सेवाको शुभारम्भ गर्दै मन्त्री थापाले यातायात...

हरिसिद्धी–गोदावरी सडक दुर्घटना: मन्त्री र बालिका पक्षबीच मिलापत्र

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न...

करेन्ट लगाएर माछा मार्न खोज्दा बकैयामा युवकको मृत्यु

हेटौंडा । करेन्ट लगाएर खोलामा माछा मार्न खोज्दा एक युवकको बिहीबार मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुढे जीतदमारका २४ वर्षीय विजय थिङको करेन्ट लागेर मृत्यु भएको हो । बकैया गाउँपालिकाको स्थानीय च्याउच्याउ खोलामा विद्युत्‌को तारबाट हुक लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर विजय घाइते भएका थिए। उनलाई...

वनलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री केसी

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित राइगाउँ र फापरबारीमा दुईवटा सब डिभिजन बन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उहाँले वन क्षेत्रको प्रयोग मार्फत आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले हिजो हरियो...

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटा निर्देशन

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक...

बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप

हेटौंडा । बागमती प्रदेशमा लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट...

हेटौंडामा २१२ केजी गाँजा बरामद

हेटौँडा । मकवानपुर प्रहरीले सोमबार बिहान २१२ केजी गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ । हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित जंगलबाट प्रहरीले २ सय १२ केजी ८६० ग्राम गाँजा बिहान १ बजे बरामद गरेको हो । उक्त बाटो भएर गाँजा ल्याउँदै छ भन्ने प्रहरीलाई स्थानीयवासीबाट जानकारी पाएपछि बसामाडी लेवटबाट प्रहरीले च्यानडाँडास्थित...

मनहरीको बाटो नक्साङ्कनमा स्थानीयको असन्तुष्टि

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–१ मा भइरहेको बाटो नक्साङ्कन कार्यप्रति स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन् । आइतबार उक्त बिषयमा मनहरी गाउँपालिका–१ सचीव र सम्पूर्ण टोल विकाससमितिका प्रतिनिधिहरुलाई वडाका नागरिकहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रभावित नागरिकहरूले मनपरी र अदूरदर्शी ढङ्गले काम भइरहेको भन्दै ध्यानाकर्षण पत्रमार्फत तत्काल सुधारको माग गरेका छन्...

एक महिनाभित्रै लाइसेन्स वितरणको तयारीमा बागमती प्रदेश सरकार

हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापेर वितरणको तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद भइसकेको छ र एक महिनाभित्रै सेवा सुरु हुनेछ। मन्त्री थापाका...

वृद्धवृद्धा र अशक्त खोज्दै अर्को जिल्ला र पालिका पुगे वडाध्यक्ष वाइबा

हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उत्तम वाइबा आफ्ना वडाबासी खोज्दै चितवन पुगेका छन् । आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुगेका हुन् । राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर...