समाचार

ग्याँस व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित

हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न संघको १३औं साधारणसभाले श्रेष्ठलाई ग्यास व्यवसायीको क्षेत्रमा योगदानका पुर्‍याएको भन्दै सम्मान गरेको हो । चतुरबहादुर तामाङ (नवीन) को अध्यक्षतामा सम्पन्न साधारणसभामा ग्याँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।...

कृषिमा दृष्टिकोण परिवर्तन र युवा आकर्षण आवश्यक: मन्त्री पौडेल

हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि कर्मलाई युवामाझ लैजान नसकिएको भन्दै कृषि प्रतिको दृष्टिकोण फेर्न जरुरी रहेको बताउनुभएको छ । कृषि उत्पादन भए पनि त्यसको प्रभावकारी बजारीकरण गर्न नसकिएको चुनौती औँल्याउँदै मन्त्री पौडेलले उत्पादन बढाउनुभन्दा पनि उत्पादित वस्तुको ब्राण्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो...

हेटौँडा सडक विस्तार सुरु: अटेरी गरेपछि डोजर चल्यो

हेटौँडा । लामो समयदेखि विवादित बनेको हेटौँडाको सडक विस्तार योजना अन्ततः शनिवारबाट सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले स्थानीय प्रशासन र बाक्लो सुरक्षाकर्मीको सहयोगमा मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहराहरू भत्काउन थालेको हो। कार्यालयले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म...

हेटौंडा उपमहानगर कार्यपालिका बैठक कांग्रेस र एकीकृत समाजवादीद्वारा बहिष्कार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी (एस) बाट निर्वाचित जनप्रतिनिधिहरूले उपमहानगरको कार्यपालिका बैठक बहिष्कार गरेका छन्। मेयर मीनाकुमारी लामाले अघिल्लो बैठकमा आफूहरूलाई धारणा राख्ने समय नदिएको भन्दै उनीहरूले बुधबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी नभएका हुन्। बुधबार बिहान ८ बजेका लागि तय भएको कार्यपालिका बैठकमा उपमेयर राजेशकुमार...

तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

हेटाैँडा। मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतकाे रकमबाट विद्यार्थीलाई विद्यालय पाेसाक सहयाेग गरेका छन् । मनहरी-४ मा रहेकाे २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार पाेसाक हस्तान्तरण गरिएकाे हाे । विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरकाे पाेसाक वितरण गरेका हुन्...

जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनलाई

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा माबि, आमभन्ज्याङ्गको ब्यबस्थापनमा शुक्रबारबाट आयोजित जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ । आज भएको फाइनल खेलमा जिएस निकेतनले शारदा माबिलाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी जितेको हो ।...

व्यवस्थित र सुरक्षित सहर बनाउँदैछाैँ: वडा अध्यक्ष सिग्देल

हेटौंडा । हेटाैँडा उपमहानगरपालिकाकाे मूख्य बजार क्षेत्रमा रहेकाे ४ नं. वडालाई सुरक्षित र व्यवस्थित सहरकाे रूपमा विकास गर्न लागिपरिरहेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ । मित्र नगर टाेल विकास संस्थाकाे २० औँ साधारणसभाकाे उद्घाटन गर्दै वडाकाे सडक, पेटी र ढल सुविधा सम्पन्न बनाउदै हरियाली, सफा, उज्ज्यालाे, सुरक्षित...

हेटौंडा बजारको २५ मिटर सडक भत्काउन १५ दिने अल्टिमेटम

हेटौंडा । सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती...

२०८४ सम्ममा वडालाई कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त बनाउँछौँ : सिग्देल 

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नं. ४ लाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुबानमुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लक्ष्मी टोल विकास संस्थाको आठौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले वडा नं. ४ हेटौँडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले यसलाई व्यवस्थित सहर र बस्ती बनाउन...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सामरी–धादिङ सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–१ बुंगडोल पुलबाट मोटरसाइकल खसेर हेटौँडा उपमहानगरपालिका–२ चौकिटोलका मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ र मोटरसाइकल पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हाल हेटौँडा–२ चौकिटोलमा डेरा गरी बस्ने ३५...