जेन-जी आन्दोलनमा भीमफेदी जेलबाट भागेकामध्ये १३४ कैदीबन्दी अझै फरार

अखबार हब
२०८२ फाल्गुन १५, शुक्रबार २०:५५

हेटौंडा । जेन-जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये शुक्रबार बिहानसम्म १३४ जना कैदीबन्दी अझै फरार छन् । फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् ।

भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय ६ जनालाई पक्राउ गरेको छ ।

१३४ जना अझै फरार छन् । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आए, अझै २६ जना फरार छन् । भीमफेदी कारागारका नायब सुब्बा केदार सापकोटाले बताए । भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकको पर्खाल भत्काएर गत भदौ २४ गते राति साढे १२ बजे ४४० जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये ३०६ जना पक्राउ परेका छन् ।

२६ जना भारतीय नागरिकसहित १३४ जना अझै फरार छन्’ भीमफेदी कारागारका नायब सुब्बा सापकोटाले भने, ‘जेल फोडेर भागेकाहरूको खोजी गरिरहेका छौं ।’ भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको सापकोटाले बताए ।

कारागारबाट भागेका १३४ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए । भीमफेदी कारागारबाट अहिलेसम्म फरार भएका कैदीबन्दीहरूमध्ये सबैभन्दा धेरै लागूऔषध र जबरजस्ती करणी मुद्दाका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*