अन्तराष्ट्रिय शैक्षिक गुणस्तर कायम गर्ने तयारीमा भुटनदेवी मावि

अखबार हब
२०८२ चैत्र ८, आईतवार २१:३८

हेटौँडार । मकवानपुरको हेटौंडामा रहेको भुटनदेवी माविले भौतिक र शैक्षिक स्तर अन्तराष्ट्रिय गुणस्तर कायम गर्ने भएको छ । भुटनदेवी मावि र ग्लोवल क्वालिटी काउन्सिल, नेपालको प्रतिनिधिबीच आईतबार एक कार्यक्रममा आईएसओमा जाने सम्झौता भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, विध्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तराष्ट्रिय गुणस्तर मापदण्ड र सुचकबारे अभिमूखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको विध्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।

एक वर्षभित्र अन्तराष्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताए। उनले भौतिक संरचनाको गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तरास्ट्रिय स्तरको मापदण्ड कायम गरिने प्रतिबद्वता समेत व्यक्त गरे।

विध्यालयको प्रारम्भीक बस्तुस्थितिको परिक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएको ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिए। शर्माले सामुदायिक विध्यालयमा मकवानपुरको पहिलो अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विध्यालय भुटनदेवी मावि हुने समेत बताए ।

विभिन्न चरणमा भएको छलफल र अन्तरक्रियामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विध्यालयका प्रअ सूर्यप्रसाद घिमिरे, ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदिप शर्मासहितको टोली, शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विध्यालय अनुगमन समितिका संयोजक ईन्द्रप्रसाद नेपाल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचको छलफलपछि अन्तरास्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झौता गरिएको विध्यालय सह(प्रअ तथा विध्यालय आईएसओ वेदराज कोईरालाले स्पष्ट पारे।

यसमा तपाइको मत

Your email address will not be published.


*