इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै हेटौंडामा प्रदर्शन

अखबार हब
२०८२ चैत्र १, आईतवार २१:३८

हेटौंडा । इनिशा बिक हत्याका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहीबार हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरुले प्रर्दशन गरेका हुन ।

प्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाइएको थियो । प्रदर्शनमा हेटौंडा क्याम्पसको नेतृत्व अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीले बताए ।

यस्तै प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवि मा।वि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरुको सहभागिता थियो । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*