समाचार

यी हुन् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

काठमाडौं । आज बडादशैँ अन्तर्गत फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश गराउने प्रचलन रहेको छ । तर, यस वर्षको फूलपातीमा त्यस्तो हुने छैन । प्रतिकात्मकरूपमा...

दसैंको सातौं दिन आज फूलपाती, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको सातौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई...

रेडियो सरोवरद्वारा बनकरीयालाई पाडो सहयोग

मकवानपुर। रेडियो सरोबरले नेपालकै लोपोन्मुख बनकरिया समुदायलाई दशैं मनाउन पाडो सहयोग गरेको छ । मनहरी –४ ट्वाङग्रामा रहेको बनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले एक थान पाडो सहयोग गर्नुभएको हो । यसैगरी,समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले बनकरिया समुदायलाई चिउरा र मसला सहयोग गर्नुभएको...

सूचना नदिएपछि पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई रु १५ हजार जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक...

आज दसैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी...

बालमन्दिरका बालबालिकालाई विकेशलालले दिए झोला

मकवानपुर । हेटौंडाका युवा व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता विकेशलाल श्रेष्ठले बालबालिकालाई अध्ययनका निम्ती झोला सहयोग गरको छ । भिमफेदी गाउँपालिकास्थित बालमन्दिर (बाल गृह) मा रहेका बालबालिकालाई विकेशलालले झोला वितरण गरेका हुन्। श्रेष्ठले आफ्नी छोरी विभियानाको नाममा दर्ता गरेको ‘विभियाना फाउन्डेसन’ मार्फत भिमफेदी–६ मा रहेको बाल गृहमा आश्रित...

विजया दशमीको उपलक्ष्यमा कांग्रेस मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान

मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेसले शनिबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कांग्रेसको भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबीच विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो । कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको १,...

युवा रेड्क्रस सर्कल हेटौंडा – ४ को अध्यक्षमा खतिवडा

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा अन्तर्गत युवा रेड्क्रस सर्कल हेटौंडा ४ को तेस्रो बार्षिक साधारणसभा भएको छ । साधारणसभाले सुजन खतिवडाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । सर्कलको उपाध्यक्षमा प्रतीक कोइराला, सचिब अभि मैनाली, सहसचिब शुबोध पौडेल र कोषाध्यक्षमा मनिता जमरकटेल निर्वाचित भएकी छिन...

बाहिरिन थाल्यो मनसुन, केही दिनमै पूर्ण हट्ने

काठमाडौँ । यो वर्षको मनसुन औसतभन्दा केही ढिला गरी नेपालबाट बाहिरिने क्रम सुरु भएको छ। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। तर, यो वर्ष अहिलेसम्म मनसुन पूर्ण रुपमा बाहिरिएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ। महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको...

यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा...